काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, यसदिन चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहिवार चाँदी १ हजार ८ सय रुपैँयामा कारोबार भएको थियो ।