सुन बिक्रीको 'सिन्डिकेट' हटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

सुन बिक्रीको 'सिन्डिकेट' हटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • सुन बिक्रीको 'सिन्डिकेट' हटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले वाणिज्य बैंकहरूले आयात गर्ने सुन बिक्रीमा हुँदै आएको 'सिन्डिकेट' हटाउन अन्तरिम आदेश दिएको छ ।

    सुन खरिदका लागि सुनचाँदी व्यवसायी महासङ्घसहितका सङ्घ/महासङ्घको सदस्यता हुनुपर्ने व्यवस्थाका विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासलले अन्तरिम आदेश दिएको हो । अब सदस्य नभएका व्यवसायीहरूले पनि सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न पाउनेछन् ।

    सर्वोच्चले राष्ट्र बैंकको नाममा जारी गरेको अन्तरिम आदेशमा सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ ले तोकेको अरू कार्यविधि पूरा गरेको अवस्थामा व्यवसायीहरूलाई सङ्घ–सङ्गठनमा आबद्ध नभए पनि सुन खरिद गर्न नरोक्न भनेको छ ।

    यसअघि सुन खरिदका लागि सुनचाँदी व्यवसायी महासङ्घसहितका सङ्घ/महासङ्घको सदस्यता हुनुपर्ने र नभएको अवस्थामा सुन नपाइने अवस्था थियो । यही व्यवस्थाविरुद्ध श्री रिद्धिसिद्धि ज्वेलर्सको तर्फबाट अख्तियार प्राप्त सागर ढुङ्गानाले रिट दायर गरेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij