काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सुनको मुल्य १५ हजार ९ सय रुपैयाँ घटेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १५ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १ सय १५ रुपैयाँले घटेर १ हजार ८ सय ४५ रुपैयाँमा कायम भएको छ । गत आइतबार चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
सरकारले सुनको भन्सार महसुल घटाएसँगै मूल्यमा भारी गिरावट आएको हो । गत बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सुनको भन्सार २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ ।
उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ । औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ ।