काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कायम भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।