काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । विहीबार प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार पनि चाँदीको मुल्य सोही रुपैयाँमा कारोबार भएको थियो ।