काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैँयाले घटेको छ । आज चाँदी तोलामा १ हजार ९ सय ५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको थियो ।