२२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

२२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • २२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदीको मूल्य आज २२ सय रुपैयाँले घटेको छ । विहीबार छापावाला सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । 

    बुधबार प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार २ सय रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि  तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij