नागरिक लगानी कोषको नाफा १३ प्रतिशतले बढ्यो

नागरिक लगानी कोषको नाफा १३ प्रतिशतले बढ्यो

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • नागरिक लगानी कोषको नाफा १३ प्रतिशतले बढ्यो

    काठमाडौं ।  नागरिक लगानी कोषको नाफा १३ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    असोज मसान्तसम्म कोषको सेवा शुल्क तथा कमिशन आम्दानी १८.८६ प्रतिशत बढेर ३९ करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कोषले ३२ करोड ९५ लाख रुपैयाँ सेवा शुल्क आम्दानी गरेको थियो ।

    तीन महिनाको अवधिमा कोषको कुल आम्दानी १२.६० प्रतिशत बढेर ५१ करोड ७० लाख रुपैयाँ र कुल खर्च ९.१९ प्रतिशत बढेर ११ करोड ५७ लाख रुपैयाँ गरेको छ ।

    यस अवधिमा कोषको ब्याज आम्दानी ३.७९ प्रतिशत घटेर ११ करोड ९८ लाख रुपैयाँमा सिमित भएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दा कोषको ब्याज आम्दानीमा असर परेको देखिन्छ । कोषका अनुसार असोजसम्म बैंकको मुद्दती निक्षेपमा १ खर्ब ३७ अर्ब ५३ करोड रुपैयाँ लगानी छ ।

    कोषको चुक्ता पुँजी १४ प्रतिशत बढेर ६ अर्ब ५ करोड ७६ लाख रुपैयाँ र जगेडा कोष २१.५६ प्रतिशत घटेर १८ अर्ब ३४ करोड १६ लाख रुपैयाँ रहेको छ ।

    असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११३.९९ गुणा रहेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij