काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर आएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।