काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य २ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ प्रतितोला २० रुपैंयाले बढेको छ । आज चाँदी तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कायम भएको छ । हिजो चाँदी २ हजार ६० रुपैयाँमा कारोबार भएको महास.घले जनाएको छ ।