काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कायम भएको महांसंघले जनाएको छ ।
आज चाँदीको भाउ प्रतितोला ५५ रुपैंयाले घटेको छ । आज चाँदी तोलामा १ हजार ९ सय ६० रुपैयाँमा कायम भएको छ । हिजो चाँदी २ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।