१० किलो अवैध सुन बरामद

१० किलो अवैध सुन बरामद

सोमवार, फाल्गुण ७ २०८०
सोमवार, फाल्गुण ७ २०८०
  • १० किलो अवैध सुन बरामद

    काठमाडौं । भारतीय सीमा सुरक्षा बल बीएसएफले पश्चिम बंगालको भारत–बंगलादेश अन्तर्राष्ट्रिय सीमाबाट करोडौं मूल्यको अवैध सुन बरामद गरेको छ । भारतबाट सुन तस्करी गरी बंगलादेश छिराउने प्रयास गरिरहेको भारतीय व्यक्तिले सीमापार तस्करी गर्ने प्रयासलाई विफल पार्दै ६ करोड भारतीय रुपैयाँभन्दा बढीको सुन बरामद गरेको बताइएको छ ।

    आइतबार नादिया जिल्लाको होरन्दीपुर सीमा गाउँबाट बीएसएफको ३२औं बटालियनले अवैध सुन बरामद गरेको हो । १० किलोभन्दा बढी तौलका १६ वटा सुनको बार र चारवटा सुनको बिस्कुटसहित नादियाका एक स्थानीयवासी पक्राउ हुन् । भारत र बंगलादेशको अन्तर्राष्ट्रिय सिमानाको खेतमा सुन बरामद गरिएको समाचारमा जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij