सात महिनामा काठमाडौं महानगरको बजेट खर्च २० प्रतिशत मात्रै

सात महिनामा काठमाडौं महानगरको बजेट खर्च २० प्रतिशत मात्रै

सोमवार, फाल्गुण ७ २०८०
सोमवार, फाल्गुण ७ २०८०
  • सात महिनामा काठमाडौं महानगरको बजेट खर्च २० प्रतिशत मात्रै

    काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा २० दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्षका लागि २४ अर्ब आठ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा गएको साउनदेखि माघ मसान्तसम्म चार अर्ब ९५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको हो । अब महानगरसँग १९ अर्ब १२ करोड ९९ लाख रुपैयाँ बजेट मौज्दात छ ।

    सात महिनामा महानगरले सबैभन्दा धेरै वित्तीय सुशासनमा खर्च गरेको छ । महानगरले वित्तीय सुशासनमा ५४ लाख विनियोजन गरेकोमा अहिलेसम्म ४६ प्रतिशतभन्दा धेरै अर्थात् २५ लाख १४ हजार रुपैयाँ खर्च भएको छ ।

    यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा तीन अर्ब ४९ करोड १४ लाख विनियोजन भएकोमा एक अर्ब ५४ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ । यस्तै ऊर्जा क्षेत्रमा सात करोड ७१ लाख छुट्याएको महानगरले सात महिनामा दुई करोड ७९ लाख रुपैयाँ खर्च गरेको छ । शिक्षा क्षेत्रमा दुई अर्ब ७२ करोड ७१ लाख विनियोजन भएकोमा ८८ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ ।

    महानगरले चार वटा क्षेत्रमा भने सात महिनासम्ममा एक प्रतिशत बजेट पनि खर्च गर्न सकेको छैन । जलस्रोत तथा सिँचाइ, भूमि व्यवस्था, गरिबी निवारण र श्रम तथा रोजगारी क्षेत्रमा बजेट खर्च शून्य प्रतिशत छ ।

    यस्तै कृषिमा तीन करोड २५ लाख विनियोजन भएकोमा शून्य दशमलव ८३ प्रतिशत, वित्तीय क्षेत्रमा १८ करोड २२ लाख विनियोजन भएकोमा शून्य दशमलव ८१ प्रतिशत, तथ्याङ्क प्रणालीमा ३७ लाख विनियोजन भएकोमा शून्य दशमलव २८ प्रतिशत बजेट खर्च भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij