कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

    काठमाडौं । दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको सुनको भाउ आज भने सामान्य घटेको छ ।  आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यसअघि गत हप्ताको बिहीबार १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    यस्तै यस अवधिमा चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेर प्रतितोला २ हजार ३० रुपैयाँमा कायम भएको छ भने यसअघि गत हप्ताको बिहीबार चाँदी प्रतितोाल २ हजार ९० रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij