४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलामा कति ?

४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलामा कति ?

सोमवार, फाल्गुण ७ २०८०
सोमवार, फाल्गुण ७ २०८०
  • ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलामा कति ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य फेरी बढेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार ६ सय रुपैयाँले बढेको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij