काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो ।
सोमबार प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य १ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कायम भएको छ । यसअघि हालसम्मकै उच्च मुल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ५ रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी प्रतितोला २ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।