काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ६७ हजार रुपैयाँ कायम भएको छ ।
आइतबार प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ६७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी प्रतितोला २ हजार ६५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।