ट्राफिक प्रहरीले कारबाहीबाट तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन

ट्राफिक प्रहरीले कारबाहीबाट तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • ट्राफिक प्रहरीले कारबाहीबाट तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन

    बागमती । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट  दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।

    पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम सङ्कलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

    यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij