काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ५ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँले कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।