काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । विहीबार छापावाला सुनको मूल्य १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।
बुधबार प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।