यातायात व्यवस्था कार्यालय धनुषाले तीन महिनामा १२ करोड ६३ लाख राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालय धनुषाले तीन महिनामा १२ करोड ६३ लाख राजस्व सङ्कलन

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • यातायात व्यवस्था कार्यालय धनुषाले तीन महिनामा १२ करोड ६३ लाख राजस्व सङ्कलन
    जनकपुरधाम (धनुषा) । मधेश प्रदेश सरकारअन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय धनुषा जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा रु १२ करोड ६३ लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ ।
     
    कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले चालु आवको साउनमा रु चार करोड ५५ लाख ६७ हजार आठ सय, भदौमा रु तीन करोड ९५ लाख दुई हजार नौ सय ९३ र असोजमा रु चार करोड १५ लाख ६५ हजार आठ सय ४६ राजस्व सङ्कलन भएको जानकारी दिए । 
     
    कार्यालयले सवारी दर्ता, सवारीचालक अनुमतिपत्र नवीकरण र प्रतिलिपि, सवारी कर, ‘रुटपरर्मिट’, पटके, आयकर तथा सडक सम्भारबापत सो राजस्व सङ्कलन गरेको उनले बताए । 
     
    कार्यालयमा रहेको विवरण अनुसार गत असोज २१ गतेसम्ममा साना सवारीसाधन दर्ता एक हजार दुई सय १७, ठूला सवारीसाधनअन्तर्गत जीप तथा कार २२, ट्र्याक्टर २९, बस २१, मिनीट्रक सात, इ–रिक्सा तथा टेम्पो भाडाका एक सय ६०, व्यक्तिगत इ–रिक्सा एक सय ७३, एम्बुलेन्स एक र तथा डोजर पाँचवटा दर्ता भएका प्रमुख सिंहले जानकारी दिए। 
     
    एक महिना अघि सरुवा भएर यहाँ आउनुभएका प्रमुख सिंहले सेवाग्राहीलाई छिटोछरितो कार्यसम्पादन गर्न कार्यालयको शाखामा आन्तरिक सुधारका प्रयास गरिएको बताए । कार्यालयले चालक अनुमतिपत्रलगायत विभिन्न शीर्षकबाट गत आर्थिक वर्ष २०८०र८१ मा रु ६३ करोड १५ लाख ३२ हजार राजस्व सङ्कलन गरेको थियो ।
     
    मधेश प्रदेश सरकारअन्तर्गत मधेशका आठ जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनमा छ । प्रदेशमा सङ्घीयता लागु हुनुअघि तीनवटा जिल्लामा मात्र यातायात व्यवस्था कार्यालय थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij