सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो । 

    सोमबार प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ६५ हजार ६ सय रुपैयाँमा कायम भएको थियो । 

    आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर २ हजार १ सय रुपैयाँ कायम भएको छ। यो चाँदीको हालसम्मकै उच्च भाउ हो। हिजो चाँदी तोलाको २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij