काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो ।
शुक्रबार प्रतितोला १ लाख ६४ हजार ४ रुपैयाँमा कारोबार भएको सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ६४ हजार ४ सय रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँमा कायम भएको छ ।