काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामै ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको आजको दर अनुसार सुनको मूल्य आज सो बराबर रकमले बढेको हो ।
आज छापावाल सुनको मूल्य तोलाको १ लाख १७ हजार एक सय रुपैयाँ तोकिएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलाको १ लाख १६ हजार ८ सय रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि आज बढेको छ । बिहीबार १ हजार ३ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर १ हजार ४ सय १० रुपैयाँ पुगेको छ ।