तोलामै १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

तोलामै १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, आश्विन २९ २०८१
मंगलवार, आश्विन २९ २०८१
  • तोलामै १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । दसैँ बिदापछि खुलेको नेपाली बजारमा सुनचाँदीको भाउमा उछाल आएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ।

    गत असोज २३ गते प्रतितोला छापावाल सुन १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो।

    आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ९२५ रुपैयाँ कायम भएको छ। गत असोज २३ गते तोलामा ४० रुपैयाँले घटेर चाँदी १ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij