दुई तीहाइले घट्यो यार्साको निर्यात, दुई महिनामा बाहिरियो ९ करोडको मात्रै यार्सागुम्बा

दुई तीहाइले घट्यो यार्साको निर्यात, दुई महिनामा बाहिरियो ९ करोडको मात्रै यार्सागुम्बा

आइतवार, आश्विन २७ २०८१
आइतवार, आश्विन २७ २०८१
  • दुई तीहाइले घट्यो यार्साको निर्यात, दुई महिनामा बाहिरियो ९ करोडको मात्रै यार्सागुम्बा

    काठमाडौं । चालू आर्थिक वर्षको साउन र भदौमा नेपालबाट हुने यार्सागुम्बाको निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा यार्साको निर्यात करिब दुई तीहाइले घटेको हो ।

    गत आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा ३८ करोड ५९ लाख ३ हजार रुपैयाँ बराबर रकममा ६७८ किलो यार्सागुम्बा निर्यात भएको थियो । आर्थिक वर्ष २०८१/८२ को साउन र भदौ महिनामा उक्त रकममा ७४.७१ प्रतिशतले घटेर ९ करोड ७५ लाख ५८ हजार रुपैयाँ पुगेको हो । सो अवधिमा २७३ किलो यार्सा निर्यात भएको छ । 

    गत आर्थिक वर्षभरिमा नेपालले ७० करोड १८ लाख रुपैयाँ बराबर रकममा १४ सय ८४ किलो यार्सा निर्यात गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij